नेपाली सेनाको मेडिकल टिमसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

जाजरकोट भुकम्पः मेडिकल टिम लिएर प्रधानमन्त्री प्रचण्ड घटनास्थल उडे

जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा ठुलो धनजनको क्षतिको विवरण आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेडिकल टिमसहित त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी १६ जनाको मेडिकल टिमसहित नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हालसम्म भुकम्पमा परी अहिले बिहान ७ बजेसम्ममा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार जाजरकोटमा ६४ र रुकुममा ५७ जना घाईते भएका छन् ।
उद्धार कार्य भइरहेको छ, मृतकको संख्या बढनसक्ने देखिएको छ, डीआईजी कडायतले पर्दाफाससँग भने, हाम्रो मेडिकल टिम तयारी अवस्थामा छ, सेना र सशस्त्रका नजिकका युनिट समेत सक्रिय भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *