एनएमबि बैंकको नाफा ९६ करोड ३२ लाख

एनएमबि बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा सामान्य बढेको देखिएको हो । असोज मसान्तसम्म बैंकले ९६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो।

असोज मसान्तसम्म बैंकले २ खर्ब १ अर्ब ७० करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९२ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेर एक अर्ब ३७ करोड ६० लाख रुपैयाँ कायम भएको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ २९ पैसा बढेर २० रुपैयाँ ९८ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ९.९६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा छ। १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ सञ्चित छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ४८ पैसा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *