संसदको वर्षे अधिवेशन अन्त्य

संघीय संसदको वर्षे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा संघीय संसदका दुवै सदनको चालु अधिवेशन आज राति १२:०० बजेदेखि अन्त्य भएको घोषणा गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा चालु अधिवेशनको अन्त्य हुने जानकारी दिएका हुन् ।

गत वैशाख २४ गतेबाट शुरु भएको अधिवेशन बजेटसँग सम्बन्धित लगायतका अन्य केही विधेयकहरुलाई पारित गरेर अन्त्य हुन लागेको हो ।

सरकारले गत असोज मसान्तमै वर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेपनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमण र संसदको संयुक्त बैठकलाई संवोधन गर्ने कार्यतालिका भएपछि जारी राखिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर