डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घटेकाे छ। नेपाल आयल निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ घटेको जनाएको हो।

बुधबार बिहानदेखि पहिलो वर्गको डिजेल/मट्टितेलको मूल्य १६१, दोस्रो वर्गको १६३ र तेस्रो वर्गको १६४ रूपैयाँ कायम गरिएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्।
दोस्रो वर्गमा सुर्खेत र दाङ त्यस्तै काठमाडौं पोखरा र दिपायल तेस्रो वर्गअन्तर्गत पर्छन्।

मंगलबार इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यअनुसार पेट्रोलको एक रूपैयाँ ५१ पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ।

यस्तै डिजेलको मूल्यमा भने प्रति लिटर ३ रूपैयाँ ६३ पैसाले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर ९३ रूपैयाँ ६० पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ।

मूल्य वृद्धि भएको भए पनि उपभोक्ताको हितलाई मध्यनजरमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनबमोजिम पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० लाई यथावत राखिएको उसले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *