नेपाली सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन्।

झापाको दमक नगरपालिका-५ घर भएका ४६ वर्षीय खनाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पक्राउ गरेको हो।

सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई पत्र लेखेपछि ब्यूराले उनलाई पक्राउ गरेको हो।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा थप अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गरिसकेको छ।

खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर