झापामा एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु

झापाको विर्तामोड नगरपालिका-१, अदुवापुलस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको सिद्धदेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले सोमबार साँझ विर्तामोड-४ की ६९ वर्षीया सीता साह कलवारलाई ठक्कर दिएको थियो ।

ठक्करले सिकिस्त घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स र चालक इलामको माईजोगमाई नगरपालिका-३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *