अन्नपूर्ण आधार शिविर पुगे महासचिव गुटेरेस

पोखरा। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर (अन्नपूर्ण बेसक्याम्प) पुगेका छन्। जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी एविसी गएका हुन्।

नेपाली सेनाको हेलिकोप्टर मार्फत केहीबेर अघि उनी एविसी अवतरण गरेका हुन्। उनी पौने घण्टा एविसीमै रहने जनाइएकाे छ। उनको स्वागतका लागि एविसीमा छुट्टै हेलिप्याड बनाइएको छ भने स्थानीय झाँकी सहित स्वागत गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णु केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गरेका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए।

पालिका अध्यक्ष केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराइरहेका छन् भने वडाध्यक्ष गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए। गुटेरेस ८ बजे पोखरा आइपुग्ने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर