एमालेको चियापान कार्यक्रम सर्याे
काठमाडौं। यसअघि नै तय भएको नेकपा एमालेको चियापान कार्यक्रम एक दिन पछि सरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफ्नाे चियापान कार्यक्रम कात्तिक १५ गतेलाई सारेकाे हाे। उक्त चियापान कार्यक्रम १४ गतेका लागि तय गरिएकाे थियाे ।
‘नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा १४ कात्तिक २०८० मा शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको यहाँहरुलाई अवगत नै छ,’ एमाले कार्यालय सचिव डा.भीष्म अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे १५ कात्तिक २०८० मा आयोजना गर्ने निर्णय भएको छ ।’
उनका अनुसार सो चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा कात्तिक १५ गते दिउँसो ठिक १२ः १५ बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया