रसुवाका ग्रामीण सडक खुला

रसुवा । वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँच वटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक एक्स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो ।

नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिकाअन्तर्गतको करिब ३० किलोमिटर सडक सुधार गरिएको छ ।

एक्स्काभेटर सहायताले वर्षायाममा सडक सतहमा  रहेका  लेदो र  ढुङ्गा हटाउनुका साथै खाल्टाखुल्टीसमेत पुरेर सवारी साधन सञ्चालन

गराइएको कालिका गाउँपालिका-५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए ।

आम भञ्ज्याङ, धुसेनी, भोर्ले, कप्थलीटार, पारच्याङ, यार्सा, सरमथली, पाटिखर्क, लाङ्वु, लोकिल लगायत क्षेत्रका ग्रामीण सडकमा सवारी साधन ओहोरदोहोर भइसकेको छ ।

यस्तै उत्तरगया गाउँपालिकाको बनुवा घुम्ती कर्मिडाँडा, डाँडागाउँ, ठूलोगाउँ, गोसाईंकुण्ड तथा आमाछोदिङ्मो क्षेत्रका सडकसमेत सञ्चालन भइरहेको छ ।

पासाङल्हामु मार्गको बेत्रावतीदेखि धुञ्चे, स्याफ्रुबेँसीसम्म डिभिजन सडक कार्यालय र स्याफ्रुबेँसी रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गमा भने रसुवागढी हाइड्रोपावर तथा गल्छी, मैलुङ स्याफ्रुबेँसी सडक सुधार आयोजनाको डोजरले अवरुद्ध सडक खुलाइएको सडक कार्यालयका प्राविधिकले बताए ।

ठूलो भार्खुडाँडा,  सानुभार्खु भिर, याङ्याङको भोटेकोशी पुलनजिक  र स्याफ्रुबेँसीदेखि रसुवागढी स्थानको मार्गमा भने सडक सुधार हुन नसक्दा सवारी चालक हैरानीमा पर्ने गरेका त्यहाँका सवारी चालकको गुनासो थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *