कोशी प्रदेशमा सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की

कोशीका मुख्यमन्त्री केदार काकीले प्रदेशमा नयाँ सरकार बनेपछि मध्यावधि निर्वाचन हुन्छ कि भन्ने चिन्ता सकिएको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले तत्कालका लागि तीन सदस्यीय मन्त्रिपरिषद बनेको भन्दै आगामी दिनमा सहमतिको सरकार बन्ने दाबी गरे ।

आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी पनि उनले गरे ।

उनले भने, ‘प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि भन्ने चिन्ता थियो तर अब यी सबै चिन्ता सकिएको छ ।’

प्रदेशमा देखिएका सामाजिक, सांस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाए ।

कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आजै दुई जना मन्त्री नियुक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *