उद्धव थापाले दिए कांग्रेस संसदीय दलको नेताबाट राजीनामा

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले यस पदबाट राजीनामा दिएका छन्।

सत्ता गठबन्धनको निर्णयविपरीत कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिएका हुन्।

प्रदेश सरकार निर्माणको प्रक्रियामा विकसित घटनाक्रमले नैतिक रूपमा दलको नेतामा बस्न उपयुक्त नभएको उनले बताएका छन् ।

दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको उनले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *