सुनको मूल्य बढ्दा चाँदीको घट्यो

साताको अन्तिम दिन सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा ६ सय रूपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय ५० रूपैँया पुगेको छ । तर, चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेको छ । चाँदी तोलामा १३ सय ४५ रूपैयाँ कायम भएको छ ।

बिहीबार एक लाख ९ हजार ५ सयमा रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ६ सयले वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *