भएकै जहाजको छैन व्यवस्थापन, पर्यटनमन्त्रीले भने- नयाँ किन्ने प्रक्रिया सुरू भइसक्यो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ जहाज किन्ने प्रक्रिया सुरू भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकपश्चात उनले अहिलेको अनियन्त्रित भाडा नियन्त्रणका लागि पनि नयाँ जहाज किन्नुको विकल्प नभएको उनको तर्क छ ।

‘नियमभन्दाबाहिर जान कसैलाई पनि अधिकार छैन । बजारमा बढेको अनियन्त्रित भाडालाई नियन्त्रण गर्नलाई नेपाल वायु सेवा निगममा जहाज चाहिँन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौ । त्यो भन्दा अन्यथा हुँदैन ।’ उनले भने, ‘बजारमा रहेको विकृतीमाथि हस्तक्षेप पुग्दैन । निजी कम्पनीहरूलाई बढि नियन्त्रण गर्दा पनि निजी कम्पनीमैत्री हुन सक्दैनौँ । तर उनीहरू पनि कानूनभन्दा बाहिर जान पाउँदैनन् ।

अर्को प्रसंगमा उनले इजरायलको हिसांका कारण नेपाल फर्किन चाहानेका लागि सरकारले आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

उनले भने ‘सरकारको निर्णय अनुसार पहिलो फ्लाईट गइसकेको छ । बेलुका साढे १२, १ बजेतिर आईपुग्छ । २५४ जना नेपालीहरु आउँदै छन, ४ हजारभन्दा बढि नेपालीहरू छन् उता छन् । जतिले निवेदन दिनु हुन्छ नेपाल आउँन चहानु हुन्छ, आउँने जतिलाई ल्याउन हाम्रो जहाज तत्पर छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर