काठमाडौंमा लुटेरा समूहमाथि प्रहरीले चलायो गोली, एक जना घाइते

पिस्तोल र ७ राउण्ड गोली बरामद

प्रहरीले काठमाडौंमा लुटेरा समूहमाथि गोली चलाएको छ। लुट्न गइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिन खटिएको प्रहरी टोलीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाइएको प्रहरीले जनाएको छ।

गोकर्णेश्वर नगरपालिका–३, जगडोलमा बिहीबार दिउँसो गोली चलेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लुटेरा समूहमाथि दुई राउण्ड गोली प्रहार गरेको हो।

मोटरसाइकलमा आएका तीन जनाको समूहलाई पछ्याउँदै गएको प्रहरीमाथि आक्रमण प्रयास गरेकाले जवाफी कारबाहीको क्रममा गोली चलाइएको एक प्रहरी अधिकृतले बताए।

प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका हुन्। उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।

यस्तै सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षीय सन्त लामा प्रहरी नियन्त्रणमा छन्।

उनीहरूकाे साथबाट एउटा पिस्तोल, सात राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर