६ अर्ब बढीको आईपीओ ल्याउँदै जगदम्बा स्टिल्स
२४ असोज २०८० १६:५०
शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडले दशैंपछि साधारण शेयर(आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा एक साताअघि निवेदन दिएको छ।
जगदम्बाले प्रतिकित्ता ३ सय रूपैयाँका दरले प्रिमियममा आईपीओ जारी गर्ने निवेदन पेस गरेको छ। ६ अर्ब २ करोड १० लाख रुपैयाँको २ करोड ७० हजार कित्ता शेयर निष्कासन गर्ने कम्पनीको तयारी छ।
जगदम्बा स्टिल्सले सर्वसाधारणलाई दुई करोड कित्ता शेयर दिँदैछ।
प्रतिक्रिया