सुन्धारास्थित गेष्ट हाउसमा मृत भेटिइन् किशोरी 

काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा एक जना किशोरी मृत फेला परेकी छन्।

त्यहाँस्थित श्रीगुरू गेष्ट हाउसमा ललितपुरको इमाडोलकी १७ वर्षीया नीता राउत मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा विषको बट्टा पनि फेला परेको जनाइएकाे छ।

प्रहरीका अनुसार ती किशोरी असोज ८ गतेदेखि उक्त गेष्ट हाउसमा बस्दै आएकी थिइन्। प्रहरीले किशाेरीका प्रेमीलाई नियन्त्रणमा लिएकाे छ।

प्रेमीले किशाेरीसँग बसेर पैसा सकिएपछि आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा प्रेमिका मृत भेटिएको बयान दिएका छन्।

मृतक किशोरीको शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल महारागजञ्ज पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *