१२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादन गर्छौं : ऊर्जामन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अबको १२ वर्षभित्र नेपालले २८ हजार मेगवाटभन्दा बढी विद्युत उत्पादन गर्ने दाबी गरेका छन्।

प्रनिनिधिसभामा पेस भएको विद्युत विधेयक-२०८० माथि उठेका प्रश्नको जवाफ दिने क्रममा सोमबार मन्त्री बस्नेतले नेपालको ऊर्जा उत्पादनको क्षमता २८ हजारभन्दा धेरै रहेको दाबी गरे।

उनले आगामी १२ वर्षभित्र सो क्षमताको विद्युत उत्पादन गर्न सरकारले स्पष्ट रूपमै कार्ययोजना बनाएर अघि बढेको बताए।

उनले भने, ‘हामीलाई के विश्वास छ भने आगामी १२ वर्षभित्रमा १८ हजार मेगावाट क्षमताभन्दा बढी विद्युत उत्पादन गर्न सकिने अवस्था हामीले प्रक्षेपण गरेका छौं। यसलाई तथ्यांकले सपोर्ट गर्छ, तथ्यले ब्याकअप गर्छ र त्यसको लागि स्पष्ट कार्ययोजना निर्माण गरेका छौं।’

उनले उर्जा उत्पादन र प्रवर्द्धनमा सरकारले मिक्स कन्सेप्टलाई ध्यानमा राखेर सोलार र हावाबाट निकाल्ने वैकल्पिक ऊर्जाका लागि आवश्यक कानूनी व्यवस्था गरेको बताए।

उनले भने, ‘वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रमार्फत सञ्चालन हुने अन्य आयोजनाहरूलाई व्यवस्थित गर्न अलग्गै नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विकाससम्बन्धी अलग्गै विधेयक मन्त्रालयले ड्राफ्ट गरेको छ। अर्थ मन्त्रालयको सहमतिमा त्यो ड्राफ्ट अर्थ मन्त्रालयको सहमतिसहित अहिले कानून मन्त्रालयमा पुगेको छ।’

सांसदहरूले समग्र जलस्रोतको अवस्थाबारे राखेको चासोको सम्बोधन गर्दै मन्त्री बस्नेतले ऊर्जा क्षेत्रको समग्र व्यवस्थापनका लागि छुट्टै विधेयक निर्माण कार्य जारी रहेको जानकारी दिए।

‘समग्र जलस्रोतको व्यवस्थापनसम्बन्धी जलस्रोत विधेयक अर्को ड्राफ्ट गरिएको छ। उक्त विधेयक अर्थ मन्त्रालयको सहमतिसहित अहिले कानून मन्त्रालयमा रायका लागि पठाएका छौं। छिट्टै जलस्रोतसम्बन्धी विधेयक, नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी विधेयकहरू संसदमा प्रस्तुत हुनेछन्,’ मन्त्री बस्नेतले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर