इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न थालियाे

हमासको आक्रमणपछि इजरायलमा बंकरमा लुकेर बसेका विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुइस रिजालले फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै आफूहरूको उद्धारका लागि सेनाको टोली आइपुगेको जानकारी दिएका हुन् ।

‘हामी यहाँबाट सुरक्षित ठाउँमा जाँदैछौं। नेपाल सरकारले रेस्क्यु गरे हामीलाई राम्रो हुन्थ्यो,’ रिजालले भनेका छन्, ‘यहाँ अरू देशले आक्रमण गर्दैछ भन्ने हामीले सुनेका छौं,’ उनले भिडियोमा भनेका छन् ।

केहीलाई आर्मीले उद्धार गरेर लगिसकेको र केहीको आधा घण्टामै उद्धार हुने उनको भनाइ छ ।

टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए । तीमध्ये १० जनाको निधन भइसकेको सरकारले बताएको छ ।

घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्कविहीन छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *