चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा

आजदेखि देशभर चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा आएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आम उपभोक्तालाई ध्यानमा राखी चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित चाडपर्वलक्षित सुपथ मूल्य पसल-२०८० उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आम उपभोक्तालाई ध्यानमा राखी अति आवश्यक खाद्यवस्तुहरूको सहज आपूर्तिका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताएका हुन्।

बजार मूल्य नियन्त्रण र गुणस्तर कायम गरी सरल, सर्वसुलभ रूपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरेको उनको भनाइ छ।

उनले अनुगमनको क्रममा उपभोेक्ताको अधिकार तथा हितविपरीत हुने कुनै पनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जोकोहीलाई पनि सरकारले निर्मम भएर हदैसम्मको कारबाही गर्ने समेत चेतावनी दिए।

उनले भने, ‘सरकारले चाडपर्वलक्षित संयुक्त बजार अनुगमन कार्यक्रमको कार्ययोजना तयार गरी निरन्तर बजार अनुगमन समेत गरिरहेको छ। अनुगमनको क्रममा उपभोेक्ताको अधिकार तथा हितविपरीत हुने कुनै पनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जोकोही भए नि सरकार निर्मम भई हदैसम्मको कारबाही गर्न पछि पर्दैन।’

उनले देशको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको ठूलो योगदान रहँदै आएको र बजारलाई चलायमान बनाई अर्थतन्त्रलाई दरिलो बनाउनमा पनि निजी क्षेत्रको नै भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर