नागढुङ्गा सुरुङमार्ग नजिकै जमिन भासियाे

नागढुङ्गा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भासिएको छ ।

सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरी नगरपालिका एक बस्नेत छाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो ।

स्थानीय प्रकाश रेग्मीले सो स्थानमा घर भएको भए दुईतला भासिने थियो भन्दै सुरुङ मार्ग आसपासका अन्य क्षेत्रमा समेत त्रास बढेको बताए ।

उनले भने ‘आसपासमा जमिन भासिन थालेपछि हामी त्रास छौं । यदी सडक वा घर हुन्थ्यो भने ठुलो क्षति हुन्थ्यो ।’
जमिन भासिएपछि त्यसबारे छलफल गर्न अब स्थानीय अगुवाहरुको बैठक बस्ने तयारी भएको उनले बताए । -नेपाल न्युज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर