आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको विकल्प छैन : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नागरिकको आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुको विकल्प नभएको बताएका छन्।

ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक विकासको माध्यम भएको भन्दै यस क्षेत्रको क्रियाशिलताले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरूप आर्थिक विकास गर्न सकिने विश्वास व्यक्त गरे।

मन्त्री रिजालले भने, ‘सरकारको एकल पहलबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव हुँदैन। यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनु जरूरी छ। निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक विकासको माध्यम हो। निजी क्षेत्रको सक्रियता भएका मुलुकहरूमा आर्थिक विकास पनि राम्रो भएको देखिन्छ। निजी क्षेत्रको क्रियाशिलताले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरूप आर्थिक विकास हुन्छ भन्ने कुरामा वर्तमान सरकार विश्वस्त छ।’

यस्तै उनले आयातलाई न्यून गर्दै निर्यात बढाउने सरकारको नीतिलाई साकार तुल्याउन निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए। निजी क्षेत्रको अपेक्षाअनुरूप सरकारले काम गर्न नसकेको अवस्थामा सरकारको आलोचना गर्नुभन्दा सहकार्य र सहतीबाट समाधानका उपायहरू निकाल्नुपर्ने पनि उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर