रामेछापस्थित खाँडादेवी मन्दिरको ढोका फुटाएर दानपेटिकाको रकम चोरी गर्ने पक्राउ

ऐतिहासिक तथा धार्मिक शक्ति पिठ खाँडादेवी मन्दिरको दानपेटिकाको रकम चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान २:३० बजेतिर रामेछापको खाँडादेवी गाउँपालिका-७ मा रहेको खाँडादेवी मन्दिरको ढोका फुटाई मन्दिरभित्र रहेका दुईवटा दानपेटिका फुटाई दानपेटिकामा रहेको रकम चोरी गरी भागेका काभ्रेको खानीखोला गाउँपालिका-७ का २९ वर्षीय रविन खुलाललाई प्रहरीले पक्राउ गरेको हो।

मन्दिरबाट पैसा चोरेर भागेको सूचना पाउनासाथ तत्काल प्रहरी टोली खटाई खोज अनुसन्धान गर्दा खुलाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

खुलाललाई खोज तलास गर्दै जाने क्रममा खाँडादेवी गाउँपालिका-३, सित्खा बजार नजिक रहेको सुनकोसी नदिको झोलुंगे पुलबाट बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जनाकारी दिए।

खुलाललाई चोरी भएको रकमसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चोरी गरेको रकम ५९ हजार ६ सय २० रूपैयाँ फेला परेको खाँडादेवी गाउँपालिका-३ का वडाध्यक्ष पुष्कर कार्कीले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *