दशैंको मुखमा म्याद गुज्रिएका र अखाद्य वस्तुको बिगबिगी, महानगरले तिरायो जरिवाना

नेपालीहरूको महान चाड दशैं-तिहार नजिकिँदै गर्दा काठमाडौंमा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बिक्री भइरहेको पाइएको छ।

काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले उपभोक्ताको गुनासोका आधारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बिक्री भइरहेको पाइएको हो।

यस्ता सामग्री बिक्री गर्ने व्यवसायीलाई महानगरले चेतावनीसहित जरिवाना तिराएको छ।

म्याद गुज्रिएका बियर वितरण गर्ने भीम स्टोरलाई महानगरले २ लाख रूपैयाँ जरिवाना गरेको छ। वडा नं. २६ ठमेलमा रहेको गामबेँसी दोहोरी साँझमा पुगेका उपभोक्ताले कार्लबक्स बियरमा स्वाद नभएको भन्दै गुनासोपछि गरिएको अनुगमनमा म्याद गुज्रिएको बियर बिक्री गरेको पाइएको हो।

कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाका अनुसार उपभोक्ताले म्याद सकिएको बियर खरिद गरेर अवस्थाका विषयमा जानकारी गराएका थिए।

उनका अनुसार स्टोरका सञ्चालकले आफ्नो माथिल्लो स्टोरमा म्याद सकिएका ३४ केस सानमिगलका क्यान बियरसहित टुबोर्ग र गोरखा वियर रहेको स्वीकार गरेका छन्।

यस्तै अखाद्य वस्तु मिसावट पेयपदार्थ बिक्री गर्ने वरूण वेभरेजलाई पनि २ लाख रूपैयाँ जरिवाना तिराइएको छ। कालीमाटीमा बिक्री हुँदै गरेको स्लाइसको बोतलमा कालो लेदो देखिएको भन्दै उपभोक्ताले गरेको गुनासोका आधारमा अनुगमन गर्दा अखाद्य वस्तु मिसावट रहेको फेला परेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर