नेपालगञ्जमा खटाइयो सेना

दुई धार्मिक समूहबीच दंगाको स्थिति सिर्जनाको सम्भावनापछि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली सेनासमेत परिचालन गरिएको छ।

मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको नेपालगञ्जमा तनावको स्थिति आउन नदिन नेपाली सेनाको पनि सहयोग लिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।

‘स्थानीय प्रशासन ऐनबमोजिम नेपाली सेनाको पनि सहयोग लिइएको हो, अहिले स्थिति सामान्यीकरण हुँदैछ,’ प्रजिअ आचार्यले पर्दाफाससँग भने।

नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हाे।

ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा सिसा प्रहार भएपछि भिड तितरबितर भई धार्मिक दंगाको स्थिति उत्पन्न हुँदा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको हो ।

मोहम्मद डेको दिन नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको थियो। आइतबार मुस्लिम समुदायले निकालेको र्‍यालीले उग्र रूप लिएपछि अर्को समूह उत्तेजित भएको थियो।

मंगलबार बिहान नेपालगञ्जमा धार्मिक तथा सामुदायिक सद्भाव र्‍याली पनि निकालिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *