नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय बाँकेले हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

धार्मिक दंगाको स्थिति उत्पन्न हुन नदिन मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले पर्दाफासलाई जानकारी दिए।

ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा सिसा प्रहार भएपछि भिड तितरबितर भई धार्मिक दंगाको स्थिति उत्पन्न हुँदा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको हो ।

मोहम्मद डेको दिन नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको थियो। आइतबार मुस्लिम समुदायले निकालेको ¥यालीले उग्र रूप लिएपछि अर्को समूह उत्तेजित भएको थियो।

मंगलबार बिहान नेपालगञ्जमा धार्मिक तथा सामुदायिक सद्भाव ¥याली पनि निकालिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर