नेपालमा भोलिदेखि चट्याङसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपालमा चट्याङ र यसको रोकथामका विषयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

बुधबारदेखि ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ। सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिए।

शर्माका अनुसार सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशबाट विज्ञको सहभागिता रहने छ।

यही असोज १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषय बारेमा छलफल हुने छ।

मुख्य गरी यो सम्मेलनले नीति निर्माणमा सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा. शर्माले बताए।

सम्मेलनमा प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालकै रहने छ। नेपालमा चट्याङ्सम्बन्धी सूचना प्रणाली छैनन् भने रोकथामका लागि खासै काम पनि हुन सकेको छैन।

अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो उच्च जोखिमयुक्त मुलुकमा पर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर