उदयपुरमा मलद्वारमा लुकाएर ल्याएको लागुऔषधसहित ५ जना पक्राउ

उदयपुरमा मलद्वारमा लुकाएको अवस्थामा लागुऔषधसहित पाँच जना पक्राउ परेका छतन्।

चौदण्डीगढी नगरपालिका-६, बेलटारबाट सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेल्टारबाट इन्स्पेक्टरको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चौदण्डीगढी नरपालिका-६ का विनोद राई, विदूर राई, विशाल राई, मनोज राई र प्रवेश चौहान छन्।

चौदण्डीगढी अस्पतालमा भिडियो एक्सरे गर्दा उनीहरूले मलद्धारमा लुकाएर लागुऔषध ल्याएको देखिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेपाम ६, लेबल नभएको ९ एम्पुल गरी ३५ एम्पुल बरामद भएको छ।

उनीहरूविरूद्ध जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहको प्रहरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *