स्मारिका विमोचनसहित नेपाली जनसम्पर्क समिति बहराइनको ११ औं वार्षिकोत्सव

नेपाली कांग्रेसको वैदेशिक संगठन नेपाली जनसम्पर्क समिति बहराइनले गत शुक्रबार आफ्नो ११ औं वार्षिकोत्सव भव्यताका साथ मनायो।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेसमेतको उपस्थितिमा समितिले आफ्नो वार्षिकोत्सव मनाएको थियो।

कार्यक्रममा समितिले स्थापनाकालदेखि हालसम्म गरेका सामाजिक एवं राजनीतिक गतिविधि समावेश गरी प्रकाशित ‘नेपाली जनसम्पर्क समिति बहराइन स्मारिका-२०८०’ समेत विमोचन गरियो।

जुफैयरस्थित रोमी रोज होटलमा आयोजित वार्षिकोत्सव कार्यक्रममा स्मारिका विमोचन गरिएको हो।

समितिका सभापति पदमसुन्दर गुरूङका अनुसार कार्यक्रममा नेपाली जनसम्पर्क समिति बहराइन स्थापित गर्ने संस्थापक तथा संघ-संस्था र लामो समयदेखि नेपाली समुदायहरूलाई विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई सम्मान गरिएको थियो।

यस्तै नजिकिँदै गरेको नेपालीहरूको महान चाड बडादशैं, दीपावली एवं छठ पर्व तथा नेपाल संवत ११४४ को अवसरमा शुभकामना आदानप्रदानसमेत गरियो।

कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले, कतार, यूएई र साउदी अरब जनसम्पर्क समितिका सभापतिहरू, महासमिति सदस्यरू, महाधिवेशन प्रतिनिधिहरू, पूर्वसभापति तथा पदाधिकारीहरू, एनआरएनए केन्द्रीय अध्यक्ष एवं पदाधिकारीहरू, युरोप ,अमेरिका, एशिया तथा मध्यपूर्वका विभिन्न देशका एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा विभिन्न पदका आकांक्षीहरू, बहराइनका विभिन्न वैचारिक एवं सामाजिक संघ-संगठनहरूका अध्यक्ष एवं तिनका प्रतिनिधिहरूलगायत उपस्थित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर