पोखरामा खोलामा मृत भेटिए किशोर

कास्कीको पोखरा महानगरपालिका-१७ स्थित फुस्रेखोलामा एक किशोर मृत भेटिएका छन्। सोही वडाको बिरौटा हनुमान टोल बस्ने १६ वर्षीय क्षितिज बस्याल शनिबार मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार दिउँसो १:२० बजे सो खोलामा अड्किएको अवस्थामा शव भेटिएकोबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शव पोष्टमर्टमका लागि गण्डकी अस्पतालमा पठाएको थियो।

उनकी ठूली आमाले उनको सनाखत गरेकी हुन्। उनी ठूली आमासँगै बस्दै आएको र उनका आमाबुवा विदेशमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर