जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन

जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको ७३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गएराति निधन भएको छ । उनी आमाशयको ‘क्यान्सर’ बाट पीडित थिए ।

उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका(३ को वडासदस्य निर्वाचित भएपछि जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे ।

कांग्रेसका नेता खनालको निधनले पार्टी र सिङ्गो ओखलढुङ्गा जिल्लालाई अपूरणीय क्षति पु¥याएको कांग्रेस नेता एवं सांसद नेता रामहरि खतिवडाले बताए । ्खनालका दुई छोरा, दुई छोरी छन् । दिवङ्गत खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर