संघीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरूरी : कावा प्रधानमन्त्री खड्का
१२ असोज २०८० १४:३३
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्य विस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव संकलन, स्थानीय सरकार संघ-महासंघको कार्यक्रममा उनले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन गर्न जरूरी रहेको बताए।
संविधान जारी भइसकेपछि दुई पटक निर्वाचन भइसक्दा समेत संघीय कानून बन्न नसक्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ।
उनले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेस भइसकेको र अब चाँडै निजामती कर्मचारीसम्बन्धी विधेयक र संघीय प्रहरीसम्बन्धी विधेयक पनि संसदमा दर्ता गर्ने तयारी भएको बताए।
प्रतिक्रिया