ओरालो लाग्दै सुनको मूल्य : चार दिनमा ३ हजार ४ सय रूपैयाँले घट्यो

नेपाली बजारमा मंगलबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि आज (शुक्रबार) सम्म सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रूपैयाँले घटेको हो।

गत मंगलबार छापावाला सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घटेको सुन बुधबार प्रतितोला आठ सय रूपैयाँ घटेको थियो। त्यस्तै बिहीबार प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको सुन शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

योसँगै बितेको चार दिनमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रूपैयाँले घटेर आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यता चाँदीको मूल्य भने केही बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँले बढेर आज प्रतितोला १ हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर