क्यान्सरबाट एकैवर्षमा ५३ लाखको मृत्यु

सन् २०२० मा क्यान्सरजस्तो घातक रोगबाट विश्वभर ५३ लाख जनाले ज्यान गुमाएका छन्। द ल्यान्सेट ग्लोबल हेल्थमा प्रकाशित चिकित्सा अध्ययनमा २०२० मा ५३ लाख जनाले अनाहकमा ज्यान गुमाएको उल्लेख छ। मृत्यु हुनेमा २९ लाख पुरुष र २३ लाख महिला छन्। २३ लाख महिलामध्ये करिब १३ लाखको मृत्यु तमाखु, मदिरा, मोटोपन र संक्रमणका कारण भएको बताइएको छ। कुल मृत्यु हुनेमध्ये ७० प्रतिशतको ज्यान बचाउन सकिने अध्ययनले देखाएको छ।

इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर ९आइएआरसी० को मृत्यु दरमाथि ग्लोबोक्यान २०२० डेटा प्रयोग गर्दै शोधकर्ताले अध्यनमार्फत समयमै क्यान्सर पत्ता लगाएमा र त्यसको उपचार सुरु गरेमा लाखौंलाई मृत्यु हुनबाट जोगाउन सकिने सुझावसमेत दिएका छन्। त्यस्तै, वार्षिक १५ लाख महिलालाई मृत्यु हुनबाट जोगाउन सकिने पनि शोधकर्ताले बताएका छन्।

आइएआरसीस्थित क्यान्सर निरीक्षण उपशाखाका प्रमुख प्राध्यापक इसाबेल सोरजोमातरमका अनुसार महिलालाई बढी स्तन र गर्भाशयमा क्यान्सर हुन्छ। त्यस्तै वार्षिक ७० वर्षभन्दा कम उमेरका ३ लाख जना महिलाको फोक्सोको क्यान्सरबाट मृत्यु हुन्छ। यसबाहेक डेढ लाखभन्दा बढी महिलाको मृत्यु कोलोरेक्ट क्यान्सरबाट भइरहेको प्राध्यापक इसाबेलको भनाइ छ।

केही दशकयता उच्च आयस्रोत भएका देशका महिलामा फोक्सोको क्यान्सरबाट हुने मृत्युभन्दा स्तनक्यान्सरबाट हुने मृत्युको संख्या बढी छ।

साथै, अध्ययनमा महिलामा क्यान्सरको कारण र जोखिमबारे अधिक जाँच गर्नुपर्ने बताइएको छ। यस्तो जोखिम पुरुषको तुलनामा कम मानिन्छ। त्यसैगरी, महिलाले प्रयोग गर्ने उत्पादन, जस्तै, स्तन प्रत्यारोपण, छाला नरमे बनाउने तथा कपालमा प्रयोग गर्ने उत्पादनले पनि क्यान्सर बढाउन मद्दत गर्ने अध्ययनमा उल्लेख छ।

ल्यान्सेट कमिसनको नयाँ रिपोर्टमा लैगिंक असमानता र भेदभावले पनि महिलालाई क्यान्सरको जोखिमबाट बच्ने अधिकार र अवसरलाई प्रभावित पार्ने उल्लेख छ। यसले समयमा परीक्षण गर्ने र रेखदेख गर्नमा बाधा पुर्याउनेसमेत बताइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर