मणिपाल अस्पतालमा डाक्टर कुटपिट प्रकरण

डाक्टर कुटेँ भन्ने इन्स्पेक्टर निलम्बित, सुरक्षा कमाण्डर डीएसपी जिल्ला तानिए

पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटनामा प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठ निलम्बनमा परेका छन्।

डाक्टर कुटेर आएँ भन्दै खुलेआम स्वीकार गरेका उनलाई अनुसन्धानका लागि निलम्बन गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) बुद्धिराज गुरूङले जानकारी दिए।

सो अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै अभिव्यक्ति दिएका थिए।

यस्तै उक्त घटनाको समय सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरूवा गरिएको छ। उनलाई जिल्ला तानेर त्यहाँ राजेन्द्र श्रेष्ठलाई पठाइएको छ।

प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ।

मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर