ललितपुरमा भएकाे सामुहिक बलात्कारका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

प्रहरीले जबरजस्ती करणी र सामूहिक करणीका एक फरार प्रतिवादीलाई १६ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-८, गौरीगञ्जका ५८ वर्षीय अमरेश कडेल छन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार गौरीगञ्जबाटै पक्राउ गरेको हो।

उनीसहितले वि.सं. २०६४ पुस ५ गते साँझ मादक पदार्थ सेवन गरेर ललितपुरको साविक ठैव गा.वि.स वडा नं.८ स्थित लिन्टिकल सेन्टर प्रा.लि.को क्यान्टिनमा खाना-नास्ता बनाउने नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको आरोप छ।

ललितपुर जिल्ला अदालतले २०६५ फागुन ४ गते कडेललाई जबरजस्ती करणीमा ५ र सामूहिक करणीमा ५ गरी १० वर्षको जेल सजाय सुनाएको थियो।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आजै चितवन जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार भुक्तानका लागि आजै कारागार कार्यालय चितवन पठाइएको सीआईबीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर