गैंडा मारेर फरार चार जना २५ वर्षपछि पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।

वि. सं. २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरि कार्कीलाई निकुञ्जले पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उनीहरुमध्ये हरिलाई वि. सं. २०५७ माघ २५ को फैसलाले ५० हजार रूपैयाँ जरिवाना र सात वर्ष कैद तोकेको थियो भने अन्यलाई एक लाख रूपैयाँ जरिवाना तथा १० वर्ष कैद तोकेको थियो ।

उनीहरूलाई यही असोज ६ र ७ गते पक्राउ गरिएको हो । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा विष्णु, गोगनबहादुर तथा यामलाई ६ र ७ गते पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको सहयोगमा हरिलाई असोज ६ गते पक्राउ गरिएको हो ।

सो घटनमा १७ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको थियो । अन्यलाई पक्राउ गरिसकिएको छ । पक्राउ परेका उनीहरूलाई कारागार कार्यालय भरतपुर पठाइएको तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *