नेपाली कांग्रेसभित्र अराजकता हाबी भयो : रमेश रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले पार्टीभित्र अराजकता हाबी भएको बताएका छन्।

सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीमा जे मन लाग्छ त्यही गर्ने प्रवृत्ति हाबी भएको उनले बताएका हुन्।

उनले भने, ‘नेपाली कांग्रेसमा जसलाई जे मन लाग्यो त्यही गर्ने, जहाँ जसको मन लाग्छ उसैको हुर्मत लिने समस्या छ। ट्रेड युनियनमा पनि अराजकता छ।’

उनले व्यवसाय गर्ने क्रममा खुकुलो वातावरण नबनाए उद्योगधन्दा अगाडि बढ्न नसक्ने बताए। उनले महँगी नियन्त्रणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *