सुन तस्करी अनुसन्धान आयोग गठनबारे सत्तापक्ष र प्रतिपक्षबीच अझै जुटेन सहमति

करिब ६१ किलो सुन तस्करीबारे अनुसन्धान गर्न गठन गर्ने भनिएको आयोगका विषयमा सत्तारूढ दल र प्रतिपक्षीबीच सहमति जुट्न सकेन।

आइतबार बसेको सर्वदलीय बैठकमा सहमतिअनुसार आयोग गठन गर्नुको साटो सरकारले छलफल थालेपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आफ्नो आयोगको क्षेत्राधिकारका विषयमा अडान छाडेको छैन। यही कारण छलफलमा सहमति जुट्न नसकेको हो।

संसदमा राष्ट्रिय हैसियत भएका सात दलबीच गत भदौ ६ गते नै भएको असोज ५ गतेदेखि काम थाल्ने गरी आयोग गठन गर्ने सहमति भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *