सुन तस्करी अनुसन्धानमा सीआईबीलाई हस्तक्षेप हुँदैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानका क्रममा सीआईबी वा कुनै पनि प्रहरी संयन्त्रलाई हस्तक्षेप नगर्ने बताएका छन्।

आइतबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सुन तस्करी प्रकरणमा सीआईबीलाई निष्कर्षमा पुग्न निर्देशन दिएको बताए।

‘सीआईबी वा कुनै पनि प्रहरी संरचना संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिँदैन, बरू तथ्य प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुग्ने गरी अगाडि बढाऊ भनेर कडा निर्देशन दिएका छौं।’

सरकार अहिले जेल सुधारको अभियानमा भएको उनको भनाइ छ। उनले त्यसका लागि कार्यसमिति बनाउने तयार गरिरहेको बताए।

उनले अहिलेको जेलको अवस्थालाई परिवर्तन गर्ने क्रममा ४ गुणा बढी कैदीहरू भएका कारण असहज भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *