सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षक संगठनबीच वार्ता सुरू भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा केही बेरअघि वार्ता सुरू भएको शिक्षामन्त्री अशोक राईको सचिवालयले जनाएको छ।

असोज ३ गतेदेखि देशैभरिका शिक्षक जम्मा भएर काठमाडौंकेन्द्रित आन्दोलन गरेपछि सरकारले समस्या समाधानका लागि शिक्षकहरूसँग वार्ता गरेको हो।

बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरूका बीच भएको वार्ता निष्कर्षविहीन भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर