नागरिकता विधेयक पारित भए पनि समस्या उस्तै : अध्यक्ष ठाकुर

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसको विरोध गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम गर्दै लोसपाले संविधान दिवसको विरोध गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले नागरिकता विधेयक पास गरे पनि बिनापैसाको केही पनि काम नहुने बताएका छन् ।

उनले भने, ‘नागरिकता विधेयक कहिले राष्ट्रपतिबाट रोक्ने, कहिले के गर्ने कार्यहरू भए । बल्लबल्ल पारित भयो । सबैले त हैन कोही कोहीले नागरिकता पाइरहेका छन् तर दुःखको कुरा के छ भने बिनापैसा पाइरहेका छैनन् । भ्रष्टाचार कयौं गुणा हरेक क्षेत्रमा प्रस्ट देखिएको छ ।’

महँगी बढेको र यसलाई नियन्त्रण गर्न सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *