नेपालको संविधानमा सुवास बाँचिरहनु हुनेछ : निलाम्बर आचार्य

भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले नेपालमा भएका न्यायपूर्ण आन्दोलन, लोकतन्त्र र नेपालको संविधानमा सुवासचन्द्र नेम्वाङ सधैं बाँचिरहने बताएका छन् ।

मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले) द्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’ मा आचार्यले एमालेको नेता भएर नेपाली राजनीतिमा सबैले रूचाएको प्रिय व्यक्तिका रूपमा स्मरण गर्दै उनले सुवास नेपालको संविधानमा जीवन्त रहने बताए ।

उनले भने, ‘नेपालको संविधान सम्झनासाथ त्यसलाई कार्यान्वयन गर्न सक्दासम्म वा कार्यान्वयनमा कठिनाइ हुँदा पनि हामीले सुवासजीलाई सम्झन्छौं । नेपालको संविधानमा सुवासजी बाँचिरहनु हुनेछ । त्यति मात्रै होइन, नेपालको लोकतन्त्रमा, नेपालका न्यायपूर्ण आन्दोलन जेजे हुन्छन् त्यसमा उहाँ बाँचिरहनु हुनेछ ।’

पञ्चायत कालबाटै सुवाससँग आफ्नो चिनजान र नजिकको सम्बन्ध रहेको बताएका आचार्यले सुवासजस्तो असल नेता पाएकामा एमालेलाई भाग्यमानी पार्टी भएको टिप्पणी पनि गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर