बुटवलको एसजी रेष्टुरेन्टमा ग्याङफाइट: एक जनाको मृत्यु, आठ जना पक्राउ

बुटवलमा गएराती एउटा रेष्टुरेन्टमा भएको दोहोरो कुटपिटमा एकजनाको मृत्यु भएको छ । एकजना गंभिर घाइतेको उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न आठजनालाई पक्राउ गरेको छ ।

तिलोत्तमा नगरपालिका–९ केवलानीस्थित एसजी रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको सोमबार राति मृत्यु भएको छ ।

कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका–४ बस्ने १९ वर्षीय रोमन तामाङ समेत आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भई कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले सुरेश समेत ४ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा सुरेशको मृत्यु भएको हो । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर