
कोशी प्रदेशमा कर्मचारीलाई दैनिक दुई सय रूपैयाँ खाजा भत्ता

कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रतिदिन विद्युतीय हाजिरीका आधारमा उपस्थित भएको दिन दैनिक दुई सय रूपैयाँका दरले खाजा भत्ता दिने निर्णय गरेको छ। प्रदेश सरकारले यसअघि दैनिक एक सय रूपैयाँका दरले खाजा भत्ता दिँदै आएको थियो।
बैठकले संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको दुःखद् र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०/८१ को अस्थायी सगंठन संरचनाका दरबन्दीहरू स्वीकृत गर्ने निर्णय गरेको छ।
संघीय सरकारको वन मन्त्रालयअन्तर्गतका कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टरहरू (खरिदारसरह) लाई संघीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोशी प्रदेश सरकार तयार रहेको जानकारी संघीय सरकारलाई गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।
- संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोईराला
- गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावास जानुभएको भने, त्यसको खण्डन गर्छु: देउवा
- काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
- सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : मोहन आचार्य
प्रतिक्रिया