बाँकेमा बम विष्फोटबाट भ्वाङ पर्‍याे सडक

बाँकेको राप्तीसोनारी गाउँपालिका-८ नयाँगाउँ नजिकै पूर्व-पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ।

विस्फोटले सडकमा भ्वाङ परेको छ। सडक विभागले भ्वाङ पुरेपछि अहिले दुईतर्फी रूपमै सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको अवलोकन गरेको थियो। सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विष्फोट भएको हुन सक्ने अनुमान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर