कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई
३० भदौ २०८० १८:४९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन्।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोकेका हुन्।
प्रधानमन्त्री दाहाल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन र तत्पश्चात् जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रतिक्रिया