सवारी दुर्घटनामा एमाले निकट अनेरास्ववियुका दुई विद्यार्थी नेताकाे मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९, घुमाउनेडाडाँमा सवारी दुर्घटना हुँदा नेकपा (एमाले) निकट अनेरास्वयिवुका दुई जना विद्यार्थी नेताकाे मृत्यु भएको छ।

अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बाप्र-०२-०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका-१, बासखर्कका समीर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका-११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए।

पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र तामाङ जिल्ला कमिटी सदस्य हुन्।

ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका-१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटनामा परेकाे प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर