गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गोरखामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका-४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग१ख ९७३६ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ग७प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

उनकाे पचारका क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक ४९ वर्षीय रेशम गुरूङलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर