भक्तपुरको जंगलमा टाउको छिनेको अवस्थामा भेटियो महिलाको शव

भक्तपुरमा दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको जंगलमा टाउको छिनेको अवस्थामा आज शव फेला छ। मध्यपुरथिमि नगरपालिका-४, तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।
दुई महिना अगाडि हराएकी महिलाकी शवको कंकाल मध्यपुरथिमिको जंगलमा भेटिएको उनले जानकारी दिए। पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो।
‘उक्त शव सूर्यविनायक नगपालिका-२, बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ,’ उनले भने।
मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन्। शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाडकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर