चट्याङ लागेर दैलेखमा एक महिलाको मृत्यु

दैलेखको महावु गाउँपालिका-१, खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए।

चट्याङ लागेर १६ जना घाइते भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर